Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा विजय गच्छदारले शिलान्यास गरेको पुल ७ वर्षमा पनि बनेन् (फोटोफिचर) – Gaule Khabar

नवलपरासीमा विजय गच्छदारले शिलान्यास गरेको पुल ७ वर्षमा पनि बनेन् (फोटोफिचर)

नवलपरासीमा विजय गच्छदारले शिलान्यास गरेको पुल ७ वर्षमा पनि बनेन् (फोटोफिचर)

मोहम्मद ईजहार शेष,
परासी, पुस १४–

नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्य सकिने भनिएको पुल ७ वर्षमा पनि निर्माण सम्पन्न नहुँदा सो क्षेत्रका मानिसहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने सो पुलको वि.स.२०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले शिलान्यास गर्नु भएको थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सट्रक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयाँमा ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने ठेक्का भएपनि निर्माण कार्य पुरा हुन नसकेको सडक डिभिजन कार्यालय बुटवलका कर्मचारी राधेश्याम गौंडले बताउनु भयो । सुरुमा बिल्डर्स कम्पनीलाई ठेक्का दिईएइको तर सो कम्पनिले काममा ढिलाई गरिरहेको भन्दै अहिले शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई ठेक्का दिइएको उहाँले बताउनु भयो । सो कम्पनिले पनि कहिले भूकम्पको नाममा त कहिले नाकाबन्दी र विभिन्न आम हड्तालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको छ ।

समयमा पुल निर्माण नहँुदा सो बाटोबाट यात्रा गर्ने यात्रुहरु समस्या पाएका छन् भने भुतहाँ महेशपुर सडकखण्डमा नियमित सवारीसाधन पनि सञ्चालन हुन नसकेको स्थानीय बदरुल हक खानले गुनासो गर्नुभयो । ७ वर्ष बित्दा पनि पुलको अहिले ५० प्रतिशत पनि काम पुरा नभएकाले पुल कहिले बन्ला भन्दै स्थानीयहरु पखाईमा छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका