Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु – Gaule Khabar

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

नेपालगञ्ज,पुस १२ –

बाँके राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि क्यामेरा ट्रयापिङ्ग सिस्टमबाट बाघ गणना तथा बाघको आहारा प्रजाती अनुगमन सुरुवात गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले निकुञ्जको जंगलमा राखिएको क्यामराको स्वीच अन गरेर कार्यक्रमको उद्दघाटन गरे । उनले निकुञ्ज जिल्लाको सम्पत्ती भएकोले निकुञ्ज र त्यहाँ पाइने जनावरको समेत संरक्षण गर्नुपर्ने दायित्व आम बाँकेबासीको भएको बताए ।

उनले बाघको आहाराको संरक्षण भएमात्र बाघको संरक्षण गर्न सकिने भएकोले क्यामेरा ट्रयापिङ्ग सिस्टमले यसको जानकारी लिन सकिने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा २ बर्ग किलोमिटरको क्षेत्रमा निकुञ्जलाई बाँडेर १ सय २२ स्थानमा स्वचालित ट्रयापिङ क्यामरा राखेर ४० दिनमा अनुगमन तथा बाघ गणना गर्ने लक्ष्य रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका अम्बिका खतिवडाले कोषको सक्रियतामा शुक्लाफाँटा र बर्दियामा एक महिना अगाडि स्वचालित ट्रयापिङ्ग क्यामरा राखेर अनुगमन कार्यक्रम सम्पन्न भएको जनाकारी दिए । उनले भने-‘यो कार्यको लागि निकुञ्जका कर्मचारी, स्थानीय चोरी सिकारी बिरुद्ध क्रियाशिल युवाहरु र कोषका कर्मचारी गरी २५ देखि ३० जनाको समूहले ४० दिनमा अवलोकन पुरा गर्ने छन् ।’

सन् २००९ मा स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना २०१३ देखि सुरु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार २०१३ मा ३ वटा बयस्क बाघ भेटिएको थियो ।

२०१४ मा ४ वटा, सन २०१५ मा ६ वटा र २०१६ को अप्रेलमा गरिएको गणनामा ९ बटा बाघ बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाइएको छ । गत अप्रिलमा भएको बाघ गणनामा २ ठाँउमा बच्चा सहितको बाघ भेटिएको कारणले पनि निकुञ्जमा बाघको संख्या बढ्दो रहेकोले आहारा प्रजातीको अवस्थाको समेत अवलोकन सुरु गरीएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका