मोहम्मद ईजहार शेष,
परासी, पुस ११–
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवँम् पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले सबै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्माण र विस्तार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. ४ नवलपरासीको क्षेत्रीय बृहत भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कँडेलले आगामी निर्वाचनका लागि पनि तयार रहन आग्रह गर्नुभयो ।
सो भेलाले पार्टी संगठनलाई बलियो बनाउन सवै कार्यकर्ता ईमान्दार हुनुपर्ने र घर घरमा पुगि पार्टीको निति, सिद्धान्त र कार्यदिशाबारे अवगत गराउन सके संगठन बलियो र सदृणीकरण हुनुका साथै कार्यकर्तामा उत्साह थपिने निश्कर्ष निकालेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति नरेन्द्रकुमार गुप्ताको अध्यक्षतामा भएको सो भेलामा जिल्ला सभापति विष्णु लामिछाने, पार्टीका महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, जिल्ला सचिव तथा पदाधिकारी एवँ जिल्ला सदस्यहरु, क्षत्रिय पदाधिकारी तथा सदस्यहरु, क्षेत्र नं. ४ अन्तरगत पर्ने रामग्राम र सुनवल नगरपालिका तथा अमरौट, बन्जरिया, हकुई, शुक्रौली, रामनगर गाविसका अध्यक्षहरु लगायतको सहभागिता रहेको क्षेत्रिय सदस्य एवँ प्रचार विभाग प्रमुख धनेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।