Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक – Gaule Khabar

मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

विराटनगर, पुस ११ –

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी हुनुभएको छ ।

विराटनगरको सहिद रङ्गशालामा भएको पुरुष कराते ६७ किलोको तौलमा उहाँले स्वर्ण पदक प्राप्त गर्नुभएको हो । यसअघि पनि उहाँले पाँचौँ र छेटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेर पर्शुराम बास्तोलासँग आपूmलाई बराबरीमा उभ्याउनुभएको छ ।

यस प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहम्मद शेख आलमले रजत र नेपाल प्रहरीका भूपेन्द्र खड्का तथा मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै पुरुषको ८४ किलोमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्नुभयो । सो खेलमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्र प्रहरीका भीमबहादुर तामाङ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै महिलातर्फ ६८ किलोको तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले स्वर्ण पदक प्राप्त गरेकी छिन् । उहाँले नेपाली सेनाकी रीता कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । मध्यमाञ्चलकी रोजिता रङ्जित र नेपाल प्रहरीकी मनिता मोक्तानले कास्य पदक पाएकी छिन् ।

टेबल टेनिस
टेबल टेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल प्रहरीका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी छन् ।

एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा नेपाली सेनाका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्य पदक प्राप्त गरेकि छिन् ।

दौडमा सेनाको वर्चस्व

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको दौड प्रतियोगितामा आज नेपाली सेनाले दुई वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

आठ सय मिटरको दौडमा महिलातर्फ नेपाली सेनाकी सरस्वती भट्टराई र पुरुषतर्फ नेपाली सेनाकै सोमबहादुर कुमालले स्वर्ण पदक प्राप्त गरेका हुन् । भट्टराईले २ मिनेट १९ दशमलव ४२ सेकेन्डमा र कुमालले २ मिनेट २ दशमलव ४७ सेकेन्डमा सो दौड पूरा गरेका थिए ।

यसैगरी महिलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले २ मिनेट २५ दशमलव ५६ सेकेन्डमा र पुरुषतर्फ नेपाली सेनाकै जीवन चौधरीले २ मिनेट ४ दशमलव ७१ सेकेन्डमा सो दौड पूरा गरेर रजत पदक प्राप्त गरेका छन् ।

त्यस्तै, महिलातर्फ पश्चिमाञ्चलकी सीमाकुमारी चौधरीले २ मिनेट ३१ दशमलव ६२ सेकेन्डमा र पुरुषतर्फ सशस्त्र प्रहरीका हिक्मत कार्कीले २ मिनेट ४ दशमलव ८७ सेकेन्डमा सो दुरीको दौड पूरा गरेर कास्य पदक जितेका हुन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका