काठमाडौँ, पुस ११ –
संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ ।
सभामुख ओनसरी घर्तीले आयोजना गर्नुभएको उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो ।
बैठकमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी० केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, र मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनुहुन्छ । – रासस