Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लगातार संसद् अवरुद्ध हुँदा महत्वपुर्ण विधेयक अलपत्र, कहिले हट्ला अवरोध ? – Gaule Khabar

लगातार संसद् अवरुद्ध हुँदा महत्वपुर्ण विधेयक अलपत्र, कहिले हट्ला अवरोध ?

लगातार संसद् अवरुद्ध हुँदा महत्वपुर्ण विधेयक अलपत्र, कहिले हट्ला अवरोध ?

काठमाडौं,पुस ११-

राजनीतिक गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । बैठकमा प्रमुख तीन राजनीतिक दलका साथै संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई पनि बैठकमा बोलाइएको छ ।

संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएकाले संसदले गर्नुपर्ने महत्वपूर्ण काम रोकिएको भन्दै संसद् खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गरेकी हुन् ।बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । संविधान संशोधनको विषयलाई लिएर प्रमुख विपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

संसद अवरोधले निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावसमेत अघि बढ्न नसकेको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा छलफल गर्न सभामुखले ? फेरि पहल गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका