Gaule Khabar
आइतवार, साउन २९, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

भारोत्तोलन प्रतिष्ठान निर्माणको काम द्रृुत

  • admin
  • आइतवार, मंसिर १९, २०७३
भारोत्तोलन प्रतिष्ठान निर्माणको काम द्रृुत

नेपालगन्ज,मंसिर १९ – बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ यहाँ अन्तर्राष्ट्रियस्तरको ‘बेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ को निर्माण द्रुत गतिमा भइरहेको छ ।

एकेडमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्र अन्तर्गत केही जिल्लाका विद्यालय जाने उमेरका बालबालिकाको छनोट गरी सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइने छ ।

नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार केटा र केटी गरी करिब ५० प्रशिक्षार्थी अट्न सक्ने क्षमताको तीनतले प्रतिष्ठान भवन निर्माणको काम दुई वर्षभित्र सक्ने लक्ष्य छ ।
करिब रु एक करोडको लागतमा बन्ने भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने थप करिब रु एक करोड बराबरको उपकरण समेत जडान गरिने छ । हालसम्म केन्द्रबाट रु २० लाख निकासा भइसकेको र थप रकम निकासाका लागि प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

एकेडमी भवनमा तालिम र प्रतीक्षालय कक्ष, पोसाक फेरिने र सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधासम्पन्न संरचनाको व्यवस्था गरिएको परामर्शदाता इ महेश थापाले जानकारी गराउनुभयो ।

दक्षिण एसियाली भारोत्तोलन सङ्घका संयोजक टण्डनका अनुसार नेपालगन्ज रङ्गशाला क्षेत्रको चार हजार वर्गफि जग्गा प्रतिष्ठान अन्तर्गत रहने र कुल जग्गामध्ये दुई हजार ८०० वर्गफिमा भवन निर्माण हुनेछ ।

भवन निर्माण र उपकरण जडानका लागि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घ र एसियाली भारोत्तोलन सङ्घबाट आर्थिक तथा अन्य सुविधा प्राप्त हुने जनाइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ