Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पत्नी माईत गएका बेला छोरी बलात्कार गर्ने बुबा पक्राउ – Gaule Khabar

पत्नी माईत गएका बेला छोरी बलात्कार गर्ने बुबा पक्राउ

पत्नी माईत गएका बेला छोरी बलात्कार गर्ने बुबा पक्राउ

कोहलपुर,पुस ९-

पत्नी माईत गएको बेला आफ्नै जवान छोरीलाई बलात्कार गर्ने बुबालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। नौवस्ता–२ मा ४५ बर्षीय बुबाबाट १९ बर्षीय छोरी बलात्कृत भएकी हुन्। पीडित छोरोकी उजूरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरि हाडनाता जर्वजस्तीकरणी मुद्धा दर्ता गरेको छ।

शुक्रबार अदालतमा म्याद थप भई अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। पत्नी दैलेख माईतमा गएको बेला मदिरा सेवन गरि छोरीमाथि बलात्कार गरेको बाबुले स्वीकार गरेका छन्।

छोरी बलात्कार गरि बुबा फरार रहेका थिए। प्रहरीले बिहीबार छोरीबाटै बलात्कार भएको उजूरी आएपछि छोरी बलात्कार गर्ने बुबालाई पक्राउ गरि कारवाही थालेको हो। आमा छोरी प्रहरीमा उजूरी दिन आएका थिए।बलात्कृत छोरी शारीरिक अशक्त रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका