WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9UkRi4Og68eiAsVmmKa/7.PbcSoyM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:24:06', '', 'admlnlx', 'admlnlx')
डडेल्धुरा, पुस ८–
केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।
जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले जानकारी गराउनुभयो ।
अन्य व्यावसायिक कृषक जस्तै मुख्य पेसा तरकारी व्यवसाय बनाएका राउटेले लगाएको तरकारीमा बन्दा, काउली, आलु र अन्य तरकारी समेत वजारमा खपत नहुँदा पहिलोपटक व्यावसायिक तरकारी उत्पादनमा लागेका राउटे अगुवा कृषक हतोत्साही हुनाका साथै व्यवसाय नै छोड्ने मनसाय बनाइरहेको तरकारीका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाको भनाइ छ ।
परशुराम नगरपालिकाको जोगबुढा र शीर्ष क्षेत्रका कृषकले लगाएको तरकारी बजारमा खपत नहुँदा कृषक पिरोलोमा परेका छन् । भित्री मधेसको आलितालको विभिन्न क्षेत्रमा लगाएको बन्दा र काउली, मुला र हरियो तरकारीले उचित मूल्य नपाउँदा कृषक फेरि पुख्र्यौली खेतीतिर फर्कने मनस्थिति रहेको जोगबुढा आमपानीका दानसिंह राउटेले बताउनुभयो ।
करिब तीन रोपनी जमिनमा तरकारी उत्पादन समेत राम्रो भएको तर बजारका लागि स्थानीय स्तरमा खपत हुन नसकेर जिल्ला सदरमुकाममा सस्तो मूल्यमा दिनु परेको कृषकको भनाइ छ ।
उत्पादन भएको तरकारीलाई समयमा बेचबिखन गर्न नसके सडेर खेरजाने भएकाले पनि सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहको र सस्तोमा दिँदा पनि उत्पादन अनुसारको तरकारी खपत भइनरहेको राउटेकोे भनाइ छ । –रासस