Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महायज्ञमा १ क्विन्टल धातु र १ लाख बढि नगद संकलन – Gaule Khabar

महायज्ञमा १ क्विन्टल धातु र १ लाख बढि नगद संकलन

महायज्ञमा १ क्विन्टल धातु र १ लाख बढि नगद संकलन

चितवन, पुस ६–

अष्टधातु संकलनका लागि पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल एवं अष्टधातु संकलन ज्ञान महायज्ञमा बुधबार १ क्विन्टल धातु संकलन भएको छ ।
तामा र पित्तलका विभिन्न धातुहरु बुधबार मात्रै १ क्विन्टल संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव मदनराज मिश्रले जानकारी दिए । त्यस्तै विभिन्न ब्यक्तिहरुबाट रु १ लाख २ हजार ५ सय ९५ रुपैयाँ नगद सहयोग प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै ६ क्वीन्टल धान र ५० किलोग्राम चामल पनि सहयोग प्राप्त भएको उनले बताए । बुधबार सबैभन्दा धेरै रत्ननगर ७ का नेमराज पौडेलले २१ हजार ५ सय ११ सहयोग गरेका थिए । त्यस्तै रत्ननगर २ का बलराम शिवाकोटिले १० हजार १ सय ५० सयोग गरे ।

सहयोग गर्ने दाताहरुलाई यज्ञस्थलमा सम्मान पत्र एवं रुद्राक्ष मालाले सम्मान गरिएको थियो । महायज्ञमा मंगलबार पनि १० केजी धातु र १७ हजार नगद संकलन भएको थियो । पण्डित अच्युतकृष्ण अधिकारीले कथा बाचन गरिरहेको महायज्ञमा दिनादिन भक्तजन बढ्दै गइरहेको छ । उनीहरुबाट सहयोग आउने क्रम पनि बढ्दै गएको मिश्रले बताए । उनले महायज्ञबाट यति नै धातु संकलन गर्ने भन्ने लक्ष्य नरहे पनि शिवको मुर्ति निर्माणको लागि ५० क्विन्टल अष्टधातु आवश्यक पर्ने जानकारी दिए । यसअघि दाङमा गरिएको महायज्ञमा साढे २ क्विन्टल धातु संकलन भएको उनले जानकारी दिए ।

सोमबार मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीले उदघाटन गरेको महायज्ञ पौष १२ गतेसम्म जारी रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका