Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सामूहिक राजीनामा दिने इन्जिनियरलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी – Gaule Khabar

सामूहिक राजीनामा दिने इन्जिनियरलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

सामूहिक राजीनामा दिने इन्जिनियरलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं, पुस ६ –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा अवरोध हुनेगरी सामूहिक राजीनामा दिने इन्जिनियरलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले विज्ञप्ती निकालेर मागअनुसार सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको बेला भूकम्प पीडितको संवेदनामाथि खेल्दै इन्जिनियरहरुले पुनर्निर्माणमा अवरोध सिर्जना गरेको जनाएको छ ।

पुनर्निर्माणमा अवरोध गर्नेलाई कानूनअनुसार कारवाही हुने प्राधिकरणले स्पष्ट पारेको छ । पुनर्निर्माण कार्यमा खटिएका जनशक्तिलाई उत्साहित बनाउन कार्य सम्पादनका आधारमा बढीमा ७५ प्रतिशतसम्मको प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी मापदण्ड कार्यान्वयनको अन्तिम चरणमा हुँदा पनि इन्जिनियरले सामूहिक राजीनामा दिएकोमा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बुधबार नै नेपाल इन्जिनियर्स एशोसियसनलाई यसबारेमा जानकारी पनि गराएको छ । पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधा सम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखेर आन्दोलन गर्नु उचित नभएको प्राधिकरणको ठहर छ ।

भूकम्प पीडित नागरिकको मर्म बुझेर चाँडै आफ्नो जिम्मेवारीमा फर्कन पनि राजीनामा दिएका इन्जिनियर र प्राविधिकलाई प्राधिकरणले निर्देशन दिएको छ । पुनर्निर्माणमा खटिएका १२ सय इन्जिनियरहरुले सेवा सुविधालगायतका माग पूरा नभएको भन्दै मंगलबार मात्र सामूहिक राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका