Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव – Gaule Khabar

ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव

ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव

हेटौँडा,पुस ६ –

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने बताउनुभएको छ ।

हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन आज उद्घाटन गर्दै उहाँले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले यसका लागि सरकारलाई जानकारी गराइसकिएको बताउनुभयो ।

प्रमुख आयुक्त श्री यादवले सम्बन्धित ऐन कानुन तत्काल संसद्बाट पारित गरी लालमोहर नलागेसम्म निर्वाचनको मिति घोषणा भए निर्वाचन कठिन हुने भएकाले अवरुद्ध खुलाइ निर्वाचनसँग सम्बन्धित ऐन कानुन सहितका पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनका आवश्यक कर्मचारी उपलब्ध गराउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेलले सरकारबाट उपलब्ध भएको रु एक करोड २४ लाख ५४ हजारको लागतमा भवन निर्माण गरिएको हो भन्दै अहिले जिल्लामा नामावली अद्यावधिक गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो । नवर्निमित भवन दुई तल्लासहित १३ कोठाको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका