Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भन्सार प्रमुखको सरुवा गर्ने भन्दै अर्थमन्त्रीका छोराले पैसा मागे – Gaule Khabar

भन्सार प्रमुखको सरुवा गर्ने भन्दै अर्थमन्त्रीका छोराले पैसा मागे

भन्सार प्रमुखको सरुवा गर्ने भन्दै अर्थमन्त्रीका छोराले पैसा मागे

काठमाडौं,पुस ६-

आजको घटना र विचार साप्ताहिकले अर्थमन्त्री कृष्णबहादुर महराका छोरा एव्म पिएले पैसा लिएर भन्सार प्रमुखको सरुवा गर्ने गरेको समाचार लेखेको छ ।प्रधानमन्त्री प्रचण्डसहितका माओवादीका तर्फबाट महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका नेताहरुले आफ्नो सचिवालयमा आफ्नै छोरा या भाईलाई चयन गर्नुको रहस्य खुल्दै जान थालेको छ ।

अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उपपप्रधानमन्त्री कृष्णबहादुर महराले छोरा राहुललाई आफ्नो सचिवालयमा राखेका छन् । राहुलको काम भन्सार प्रमुखमा को को लाई नियुक्ती गर्ने भन्ने विवरण तयार पारी आफ्ना पिता मन्त्रीलाई जानकारी गराउनु रहेको छ । भन्सार प्रमुखको रुपमा कार्यरत व्यक्तिले राहुलको सर्त अस्वीकार गरे काज सरुवा गरेर भएपनि देखाइदिने र नगद चढाउनेलाई भन्सार प्रमुख बनाउने गरेका छन् ।

राहुलको माग पूरा गर्न अस्वीकार गर्ने रसुवा भन्सार प्रमुख केदार पनेरुलाई सरुवा गरी निजको स्थानमा गोपाल कोइरालालाई लगिएको छ । अव विराटनगर, वीरगंज, राजश्व अनुसन्धान विभाग अन्तर्गतका विभिन्न कार्यलयका प्रमुखलाई सरुवा गर्ने तयारी भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका