Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मङ्गोलिया भ्रमण गर्दा भिसा लिन नपर्ने – Gaule Khabar

मङ्गोलिया भ्रमण गर्दा भिसा लिन नपर्ने

मङ्गोलिया भ्रमण गर्दा भिसा लिन नपर्ने

काठमाडौँ, पुस ४-

मङ्गोलियाका कुटनितिक राहदानि भएका र सरकारी

अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा भिसा लिनु नपर्ने भएको छ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहनुभएका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि सो समझदारी भएको हो । विदेश मन्त्री अर्जिल पहिलोपटक गएराति नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका थिए।

नेपाल र मङ्गोलियाका बीच सन् १९६१ जनवरी ५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । साथै, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमणका क्रममा मङ्गोलिया भ्रमणसमेत गरेका थिए।
द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदानपछि परराष्ट्रमन्त्री डा महतले भूपरिवेष्टित देशका सामूहिक चासो र चिन्तालाई अध्ययन गर्न मङ्गोलियाले विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्न राखेको प्रस्तावलाई नेपालले सहयोग गर्ने र सदस्यतासमेत लिन दुई देशका बीचमा समझदारी भएको सञ्चारकर्मीलाई जानकारी दिए।

नेपालले मङ्गोलियाका सो प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको प्रक्रियामार्फत समर्थन, सहयोग र सदस्यता लिने उनले बताए।

मन्त्री डा महतले दुई देशका बीचका सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउँदै लान हरेक दुई÷दुई वर्षका अन्तरालमा परराष्ट्र मन्त्री, सचिव एवम् उच्च सरकारी अधिकृतस्तरमा द्विपक्षीय छलफल गर्नेसमेत समझदारी भएको जानकारी दिँदै यस्ता बैठकले दुई देशको सम्बन्धलाई जनस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।

भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालको लुम्बिनीमा मङ्गोलियाले स्थापना गर्न लागेको विहारलाई नेपालले सहयोग गर्नेसमेत दुई देशका बीचमा समझदारी भएको उनले जानकारी दिए।

मन्त्री डा महतले दुई देशका बीचमा जनस्तरमा सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गर्न यससम्बन्धी आदानप्रदान गर्नसमेत सहमतिपत्रमा हस्ताक्षर भएको बताए।

नेपालले संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति स्थापनार्थ खेलेको भूमिकालाई मङ्गोलियाले सो अवसरमा उच्च सराहना गर्दै आगामी दिनमा नेपालबाट सो अनुभव सिक्न आफूहरु उत्सुक भएको मङ्गोलियाका विदेश मन्त्रीले जनाएका मन्त्री डा महतले जानकारी दिए।

सो द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदान कार्यक्रममा परराष्ट्र सचिव शङ्करदास बैरागीसहित मन्त्रालयका उच्च अधिकृत तथा मङ्गोलियाका तर्फबाट भ्रमण दलका सहभागी सदस्यको समेत सहभागिता रहेको थियो ।

यसअघि मन्त्री डा महतले मङ्गोलियाका विदेशमन्त्री अर्जिललाई स्वागत गर्दै नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अर्जिलको भ्रमणले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए।

सो अवसरमा मङ्गोलियाका विदेशमन्त्री अर्जिलले अगामी दिनमा मङ्गोलिया र नेपालबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउन यो भ्रमण भएको बताएका थिए।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका