विकास पौडेल,
चितवन, पुस ४–
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको सौराहा नजिक रत्ननगर नगरपालिका–१७ स्थित खगेरी खोलामा भैसीलाई पानी खुवाउन लैजादै गर्दा गैंडाको आक्रमणमा परि एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थान निवासी ६९ वर्षीया मोतीमाया तामाङ रहेको चितवन प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट कयौंले ज्यान गुमाउने गरेका छन् ।
तस्विरः बाबुराम परियार