नेपालगन्ज,पुस ३-
५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आयोजित आमहड्तालले आज तेस्रो दिन पनि नेपालगन्जलगायतका जिल्लाहरु पूर्णरुपमा ठप्प रहे। यातायात,बजार केही खुलेनन् । आन्दोलनमा उत्रेका युवाहरु झाडु लिएर सडकमा थिए । उनिहरुले सडक सरसफाइ गर्दै विरोध प्रर्दशन गरेका छन्। पूर्वपश्चिम राजमार्गमा सवारी ठप्प थियो भने अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेनन् । बन्दले अस्पताल आउजाउ गर्ने विरामी, भारतमारोजगारी गर्न जाने तथा फर्कने प्रवासी नेपाली सबैभन्दा बढी समस्यामा परेका थिए।