Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा भित्रियो ‘एनएमसी मसला’ – Gaule Khabar

चितवनमा भित्रियो ‘एनएमसी मसला’

चितवनमा भित्रियो ‘एनएमसी मसला’

चितवन, मंसिर ३०–
नेपालमै उत्पादित ‘एनएमसी मसला’ अब चितवनको बजारमा भित्रिएको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनगरि औपचारिक रुपमा मसला चितवन भित्रिएको जानकारी गराएको हो । सेभेट स्टेट इन्डष्ट्रिज प्रा.लि.ले हिमालयन प्राकृतिक स्वादमा उत्पादन गरेको स्वदेशी मसला एनएमसी मसलाले पछिल्लो समय आम नेपालीको मन जित्न सफल भएको छ । । एनएमसी मसलालाई हरेक नेपालीको भान्सामा पुर्याउने उदेश्यले एनएमसी मसलाको आधिकारिक विक्री केन्द्र चितवनमा ल्याइएको हो । चितवनमा एसएस सप्लायर्स प्रा.लि. र स्टार्स सप्लायर्स प्रा.लि.ले एनएमसी मसला भित्र्याएका हुन् । चितवनको पूर्वी क्षेत्रमा चैनपुर पर्सामा रहेको एसएस सप्लायर्सले विक्रि वितरण गर्नेछ भने भरतपुर लगायत पश्चिम चितवनमा स्टार्स सप्लायर्सले एनएमसी मसलाको विक्री वितरण सेभेट स्टेट इन्डष्ट्रिज प्रा.लि.का अध्यक्ष विधान केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीले नेपाल तथा भारतमा मसलाको क्षेत्रमा विगत चार दशक भन्दा लामो अनुभव सँगालेको समुहद्धारा प्रवद्र्धित् एनएमसी मसला नेपालकै सबैभन्दा उत्कृष्ट मसला भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो “हामी लामो समयको अनुभव र अनुसन्धानपछि एनएमसी मसलाको उत्पादन गरेका छौँ, स्वदेशमा उत्पादित यो मसला अत्यन्तै गुणस्तरिय र स्वादिलो भएका कारण आम उपभोक्ताको मन जित्न सफल भइरहेको छ ।” चितवन आसपासका क्षेत्रमा पनि यो मसला उपभोक्ताको पहिलो रोजाइ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनबा बोल्दै स्टार्स सप्लायर्स प्रा.लि.का सुवास सिलवालले चितवनबासीलाई स्वदेशमै उत्पादित उत्कृष्ट मसाला खुवाउनका लागि आफू आधिकारिक डिलर बनेको बताउनुभयो । उहाँले चितवनबासीले मसलाको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौबाट उत्पादित एनएमसी ब्राण्डमा विभिन्न १८ प्रकारका मसला उत्पादन हुँदै आएका छन् । कम्पनीले भान्साका लागि चाहिने तरकारी, मटन, चिकन, माछा देखि पानीपुरी र मःम मा प्रयोग हुने सबैप्रकारका मसला बजारमा उपलब्ध गराउँदै आएको छ । बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो देखाइएपनि प्रयोग गर्दा बास्ना हराउने समस्यालाई मध्यनजर गर्दै आफुहरूले मसलाको प्राकृतिक स्वाद नहट्ने गरी उत्पादन गरिएको कम्पनीको भनाइ छ ।
मसलामा अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता थुप्रै प्राकृतिक खाद्यवस्तु प्रयोग गरिएको हु“दा खाना पकाउने क्रममा नुनबाहेक अरू सामाग्री आबश्यक नपर्ने मसला भएको कम्पनीको भनाइ छ । चितवनपछि मुलुकका अन्य क्षेत्रमा पनि विक्रीकेन्द्र स्थापना गर्दै जाने अध्यक्ष केसीले बताउनुभयो । हाल देशका १२ जिल्लामा यस मसलाको विक्री वितरण भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका